इन्डोनेसियामा विषाक्त खानाका कारण ८ सय बढी विद्यार्थी बिरामी

आश्विन ३, २०८२ | काठमाडौं
दक्षिण पूर्वी एसियाली मुलुक इन्डोनेसियामा विषाक्त खानाका कारण ८ सय बढी विद्यार्थी बिरामी भएका छन् ।
सरकारले निःशुल्क रुपमा विरतण गरेको खाना खाएका उनीहरु बिरामी परेका हुन् । पछिल्लो पटक सामूहिक खाना खाएका ५ सय बढी बिरामी परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा, बुधबार मात्रै पाँच विद्यालयका ५ सय ६९ विद्यार्थी बिरामी भएका थिए ।
सरकारी अधिकारीहरुका अनुसार सो क्षेत्रका बालबालिका बिरामी परेपछि स्थानीय सरकारले खाना उपलब्ध गराउने भान्साको निगरानी बढाउने तयारी गरेका छन् । यस्तै सुलावेसी प्रान्तमा पनि सरकारले प्रदान गरेको खानाबाट २ सय ७७ विद्यार्थी बिरामी भएपछि वितरण कार्यक्रम अस्थायी रुपमा रोकिएको छ ।