अष्ट्रेलिया र भारतबीच द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर

आश्विन २३, २०८२ | काठमाडौं
अष्ट्रेलिया र भारतबीच द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको छ ।
भारतीय रक्षा मन्त्री राजनाथ सिंहको अष्ट्रेलिया भ्रमणका क्रममा दुई देशका रक्षा अधिकारीहरुबीच सो सम्झौतामा हस्ताक्षर भएको हो ।
दुई देशबीच सेना र पनडुब्बी उद्धार सहयोगका विषयमा छलफल गर्न एक संयन्त्र बनाउने विषयमा समेत सम्झौता भएको अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड माल्र्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय पक्षबाट सन् २०१३ पछि पहिलो पटक रक्षा मन्त्रीको अष्ट्रेलिया भ्रमण भएको हो । दुई देशबीच भएको सुरक्षा सम्झौतापछि अष्ट्रेलियाद्वारा जारी विज्ञप्तीमा हालै भएको रक्षा सम्बन्धी सम्झौताले इन्डो–प्यासिफिक स्थिरतालाई कायम राख्न सहयोग गर्ने उल्लेख छ ।
अष्ट्रेलियाको रक्षा मन्त्रालयले १३ बूँदा समावेश गरिएको वक्तत्व सार्वजनिक गर्दै दुई देशबीच सामूहिक शक्ति बढाउने, सुरक्षा सुदृढ बनाउने तथा, क्षेत्रीय शान्ति र सुरक्षा प्रवद्र्धन गर्ने विषयमा छलफल भएको जनाएको छ ।