जेनजी आन्दोलनपछि मादागास्करमा सेनाद्वारा सत्ता कब्जा

आश्विन २९, २०८२ | काठमाडौं

अफ्रिकी मुलुक मादागास्करमा सेनाले देश कब्जामा लिएको विशिष्ट सैन्य युनिटले जनाएको छ । 

जेनजी आन्दोलनपछि राष्ट्रपति एन्ड्री रेजोलिनाबाट सेनाले सत्ता कब्जा गरेको हो । राष्ट्रपति भवन बाहिर उभिएर सेनाको कमाण्डको सबैभन्दा शक्तिशाली विभाग क्याप्सटका प्रमुखले सो घोषणा गरेका हुन् । जनतालाई सम्बोधन गर्दै सेनाले दुई वर्षभित्र सरकार गठन गर्ने र चुनाव गर्ने जनाएको छ । 

सेना नेतृत्वले निर्वाचन आयोग जस्ता प्रमुख लोकतान्त्रिक संस्थाहरूलाई पनि निलम्बन गरेको समाचारमा उल्लेख छ । सत्ताविरुद्धको विद्रोह सडकबाट सुरु भएकोले उनीहरुको मागको सम्मान गर्दै जेनजी प्रदर्शनकारीहरू परिवर्तनको हिस्सा हुने सेनाले जनाएको छ । सन् २००९ मा रेजोलिना सत्तामा आउँदा सो युनिटले समर्थन गरेको थियो ।  


प्रतिक्रिया