पोर्चुगल र नर्वे विश्वकपका लागि छनोट

मंसिर १, २०८२ | एजेन्सी

पोर्चुगल र नर्वे फिफा विश्वकप फुटवल २०२६ का लागि छनोट भएका छन् । पछिल्लो खेलमा अर्मेनियालाई ९–१ को गोल अन्तरमा पराजित गर्दै पोर्चुगलले विश्वकपमा स्थान सुरक्षित गरेको छ । अर्मेनियालाई हराएपछि ६ खेलबाट समग्रमा १३ अंकसहित समूह एफको पहिलो स्थानमा रहँदै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो । उसका लागि जोअ नेभेस र ब्रुनो फर्नान्डेजले ह्याट्रिक गरेका थिए । 

नर्वेले भने इटलीलाई ४–१ ले हराउँदै विश्वकपमा छनोट भएको हो । इटलीविरुद्धको जितपछि ८ खेलबाट २४ अंकसहित समूह आइको पहिलो स्थानमा रहँदै विश्वकपका लागि नर्वे छानियो । 

यसैबीच, विश्वकपका लागि छनोट भइसकेको इङल्याण्डले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । पछिल्लो खेलमा उसले ह्यारी केनको दुई गोलको मद्धतमा अल्बानियालाई २–० ले पराजित गरेको हो । इङल्याण्डले अहिलेसम्मका आठै खेलमा जित हात पारेको हो । 


प्रतिक्रिया