एनपीएल क्रिकेट आजबाट

रेडियो कान्तिपुर संवाददाता

मंसिर १, २०८२ | काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आजदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज आमनेसामने हुँदैछन् । दुई बीचको खेल अपरान्ह ४ बजे हुनेछ । जनकपुर साबिक बिजेता पनि हो । एनपीएलमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि जनकपुरले पहिलो संस्करणको लिग चरणको खेलमा काठमान्डुविरुद्ध पाँच विकेटको जित निकालेको थियो । काठमान्डुले पहिलो संस्करण पाँचौँ स्थानमा रहँदै टुंग्याएको थियो ।

नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लडलाइटमा हुन लागेको यो पहिलो खेलसमेत हो । यसपालीका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । लिगका ९ खेल दिउँसो र २३ वटा खेल फ्लडलाइटमा हुने क्यानले जनाएको छ । मंसिर २७ गतेसम्म चल्ने एनपीएलमा लिग चरण, प्लेअफ र फाइनलसहित जम्मा ३२ वटा खेल हुनेछन् । 

प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलैकै आठ टिम प्रतिस्पर्धामा छन् । जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स छन् । विजेताले १ करोड ११ लाख, दोस्रो हुनेलाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथो हुनेलाई १५ लाख नगद प्राप्त गर्नेछन् । 


प्रतिक्रिया