एनपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट

मंसिर १, २०८२

नेपाल प्रिमियर लिग एनपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हुने भएको छ ।

नेपाल क्रिकेट संघ–क्यानले एनपीएलको टेलिभिजन प्रसारण अधिकार कान्तिपुर टेलिभिजन नेटवर्कलार्ई दिएको हो । 

क्यानले हिजो मात्रै नेपालभित्र प्रत्यक्ष प्रसारणका लागि टेलिभिजन अधिकार कान्तिपुरलाई दिएको घोषणा गरेको हो । 

यो निर्णयसँगै एनपीएल २०२५ को टेलिभिजन प्रसारण कान्तिपुर म्याक्समार्फत् हेर्न मिल्ने पक्का भएको छ । 

कान्तिपुर म्याक्सले यसअघि आईपीएल विम्बल्डन र इंग्लिस प्रिमियर लिगजस्ता विश्वकै चर्चित प्रतियोगिताको समेत प्रत्यक्ष प्रसारण गरिसकेको छ ।


प्रतिक्रिया