प्याकेजिङ कम्पनी नेस्लेले १६ हजार कर्मचारी कटौती गर्ने

आश्विन ३०, २०८२ | काठमाडौं
अधिकांश देशमा आफ्ना उत्पादन वितरण गर्दै आएको प्याकेजिङ कम्पनी नेस्लेले १६ हजार कर्मचारी कटौती गर्ने भएको छ ।
कम्पनीको खर्च घटाउन र लगानीकर्ताको विश्वास जित्नका लागि सो कदम चालिएको कम्पनीले जनाएको हो ।
सो कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप नावराटिलले आज सार्वजनिक रुपमा कर्मचारी कटौति गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्वीस बहुराष्ट्रिय प्याकेजिङ कम्पनी नेस्लेले अमेरिकाले लगाउन थालेको चर्को आयात शुल्क जस्ता समस्या समेत भोग्नुपरेको जनाएको छ । सो कम्पनीमा विभिन्न देशबाट गरि २ लाख ७७ हजार कर्मचारी संलग्न रहेका छन् ।