पाकिस्तानमा प्रहरी भवनमा आत्मघाती बम आक्रमणः ५ जनाको मृत्यु

मंसिर ८, २०८२ | काठमाडौं

पाकिस्तानको उत्तरपश्चिम स्थित पेशावरमा रहेको प्रहरीको मुख्यालयमा आत्मघाती बम आक्रमणमा तीन सुरक्षा अधिकारीसहित ५ जनाको मृत्यु भएको छ ।

१२ जना घाइते भएका छन् । दुई आत्मघाती आक्रमकारीले संघीय प्रहरी मुख्यालयमा आक्रमण गरेका हुन् । आक्रमणकारी हतियारसहित प्रहरी मुख्यालय प्रवेश गरेको बीबीसीले जनाएको छ । यद्यपि सो घटनाको जिम्मेवारी हाल सम्म कसैले पनि लिएको छैन ।

सो क्षेत्र सुरक्षित रुपमा लिने गरिएपनि आक्रमण भएको घटनालाई शंकास्पद रुपमा लिएको छ । यसैबीच, पाकिस्तानका प्रधानमन्त्री सेहेबाज शरिफले घटनाका दोषीलाई पहिचान गरि कारबाहीको दायरामा ल्याउने बताउनुभएको समाचारमा उल्लेख छ ।  


प्रतिक्रिया