एनपीएलको अघिल्लो विजेता जनकपुर आठौं स्थानमा सीमित

मंसिर २१, २०८२ | काठमाडौं

कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ । 

१ सय ३० रनको लक्ष्य पाएको जनकपुरले ७ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनको योगफल बनाएको थियो । जितपछि कर्णालीले अंकतालिकामा छैटौं स्थानमा रहेर एनपीएलको दोस्रो संस्करण समापन गरेको छ ।

 अघिल्लो पटकको विजेता जनकपुर भने तालिकाको पुछारमा रह्यो । उसले लिग चरणमा ७ खेलमध्ये एकमा मात्र जित हात पा¥यो । कर्णालीको जितका कारण चितवन राइनोज सातौं स्थानमा रह्यो । समान ४ अंक भएपनि रनरेटका आधारमा चितवन पछाडी परेको हो । एनपीएलमा अब उपाधि भिडन्तसहित चार खेल बाँकी छ । 

तालिकाको पहिलो स्थानमा रहेको सुदुरपश्चिम र दोस्रो स्थानको विराटनगरबीच फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पर्सी मंगलवार प्रतिस्पर्धा हुनेछ । त्यस्तै, तेस्रो स्थानको काठमान्डू र चौथो स्थानको लुम्बिनीबीच इलिमिनेटरमा बुधवार प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायरको पराजित टोलीसँग इलिमिनेटरको विजेताले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल आगामी शनिवार हुनेछ । 


प्रतिक्रिया