म्यानमारको सेनाले अस्पतालमा गरेको आक्रमणमा ३४ जनाको मृत्यु

मंसिर २५, २०८२ | काठमाडौं

म्यानमारमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

 पश्चिमी क्षेत्रमा पर्ने राखाइन राज्यस्थित एक अस्पताललाई लक्षित गर्दै सेनाले अक्रमण गर्दा सो संख्यामा हताहती भएको हो । आक्रमणमा दर्जनौं नागरिक घाइते भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

स्थानीय अराकान आर्मीको नियन्त्रणमा रहेको सो क्षेत्रमा जुन्ता आर्मीले आक्रमण गरेको छ । अराकन आर्मीलाई जुन्ता आर्मीको विरोधी शक्तिका रुपमा लिइने गरेको समेत समेत समाचारमा जनाइएको छ । सन् २०२१ मा सेनाले कू गर्दै सत्ता कब्जा गरेपछि सुरु भएको द्वन्द्वमा हजारौँ मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस विस्थापित भएका छन् ।

 जुन्ता आर्मीले स्थानीय आर्मीको नियन्त्रणमा रहेका क्षेत्रहरु फिर्ता लिनका लागि आक्रमणलाई तीब्र पारिरहेका बेला पछिल्लो आक्रमण भएको हो । स्थानीय अराकान आर्मीका अनुसार आक्रमणमा परि १० जना बिरामीको घटनास्थलमै मृत्यु भएको हो । आक्रमणका कारण अस्पतालको संरचना क्षतिग्रस्त भएका छन् ।  


प्रतिक्रिया