संसदमाथि सरकारले बन्देज लगाउन खोजेको सभामुख घिमिरेको आरोप

मंसिर २८, २०८२ | काठमाडौं

सभामुख देवराज घिमिरेले संसदमाथि सरकारले अदृश्य बन्देज लगाउन खोजेको आरोप लगाउनुभएको छ । संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सो आरोप लगाउनुभएको हो ।

संसद सचिवालयको बजेट कटौतीको प्रसंग उल्लेख गर्दै सभामुख घिमिरेले संसदको स्वायत्ततामाथि प्रहार गर्न खोजिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्ष मंसिर २८ गते दिवस मनाउने गरिन्छ । विक्रम सम्वत् २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो ।


प्रतिक्रिया