इरानसँगको जारी युद्ध अन्त्यकालागि अमेरिकाको १५ बुँदे युद्धविराम प्रस्ताव

रेडियो कान्तिपुर संवाददाता

चैत्र ११, २०८२ | काठमाडौं

अमेरिकाले इरानसँग जारी द्वन्द्व अन्त्य गर्न १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले सो प्रस्ताव इरानलाई पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सो प्रस्ताव पाकिस्तान मार्फत इरानसम्म पु¥याइएको बताइएको छ । 

पाकिस्तानले अमेरिका र इरानबीच पुनः वार्ता गराउन मध्यस्थताको भूमिका खेल्न प्रस्ताव गरेको समाचार संस्था एपीले जनाएको छ । राष्ट्रपति ट्रम्पले इरानसँग वार्ता भइरहेको संकेत दिएपनि औपचारिक विवरण सार्वजनिक भएका छैनन् । 

यता, अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा सैन्य उपस्थिति थप सुदृढ बनाउने तयारी गरेको छ । हाल करिब ५० हजार अमेरिकी सैनिक रहेको क्षेत्रमा थप हजारौं सैनिक र करिब ५ जार मरीन फौज पठाउने योजना बनाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । होमुर्ज जलमार्ग बन्द भएका कारण अन्तर्राष्ट्रिय इनधन ढुवानीमा अवरोध भएकाले विश्व अर्थतन्त्रमा प्रभाव परेको छ । 


प्रतिक्रिया