इरानले तेल अभिभसहित विभिन्न शहरमा मिसाइल प्रहार गरेको इजरायली अधिकारीको आरोप
चैत्र १०, २०८२ | काठमाडौं
इरानले आफ्नो राजधानी तेल अभिभसहित विभिन्न शहरमा मिसाइल प्रहार गरेको इजरायली अधिकारीहरुले दाबी गरेका छन् । तीनवटा आवासीय भवनमा क्षति पुगेको र केही सवारीसाधनमा आगो लागेको उनीहरूले बताएका छन् । तेल अभिभमा कम्तिमा ६ जना घाइते भएको इजरायलको राष्ट्रिय आपतकालीन सेवा संयन्त्रले जनाएको छ ।
यसैबीच, इजरायली सेनाले दक्षिण लेबनानमा इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहविरुद्धको सैन्य अभियान जारी राखेको छ । त्यहाँका केही बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न चेतावनी दिइएको छ ।
पश्चिम एशियाका देशहरूतर्फ समेत ड्रोन र मिसाइल प्रक्षेपण बढिरहेको छ । साउदी अरबको रक्षा मन्त्रालयले देशका विभिन्न भागतर्फ पठाइएका दर्जनौं ड्रोन आफ्ना वायु प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेको छ ।









