युक्रेन–साउदी अरबबीच ड्रोन प्रविधि साझेदारी सम्झौता
चैत्र १३, २०८२ | काठमाडौं
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सिकीले साउदी अरेबियासँग ड्रोन परास्त गर्ने विशेषज्ञता र प्रविधि साझेदारी गर्ने महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सो सम्झौता जेलेन्सिकीको साउदी भ्रमणका क्रममा भएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति जेलेन्स्कीका अनुसार साउदी अरेबियाले इरानबाट ब्यालिस्टिक मिसाइल तथा युक्रेनले चार वर्षदेखि रुससँगको युद्धमा सामना गर्दै आएको छ । भ्रमणका क्रममा उहाँले साउदी राजकुमार मोहम्मद विन सलमानसँग भेटवार्ता गर्नुभएको थियो ।
उहाँले सो सम्झौताले भविष्यमा प्रविधि सहयोग, लगानी र रक्षा सम्झौताहरुको आधार तयार गर्ने बताउनुभभयो । साउदी अरेबियासँग युक्रेनका लागि उपयोगी क्षमता भएकाले दुवै देशलाई पारस्परिक लाभ पु¥याउन सक्ने उपकरण छ ।








