बंगलादेशमा दादुराको जोखिम बढ्दै

रेडियो कान्तिपुर संवाददाता

चैत्र २३, २०८२ | काठमाडौं

बंगलादेशमा तीव्र रुपमा फैलिएको दादुरा प्रकोपका कारण १ सय बढी व्यक्तिको मृत्यु भएपछि आपतकालीन खोप अभियान शुरु गरिएको छ । पछिल्ला केहि वर्षयता सबैभन्दा घातक प्रकोप हुन सक्ने आशङ्कामा खोप अभियान शुरु गरिएको हो । मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेका छन् । त्यहाँको सवास्थ्य मन्त्रालयका अनुसार खोप अभियान ७ हजार ५ सय बढी शंकास्पद बिरामीमा शुरु गरिएको हो । 

तीमध्ये ९ सय भन्दा बढी संक्रमित पुष्टि भइसकेका छन् । जुन अघिल्लो वर्ष सन् २०२५ मा १ सय २५ मात्र थियो । बंगलादेशले लामो समयदेखि बालबालिकालाई यस अत्यन्त संक्रामक रोगविरुद्ध खोप दिँदै आएपनि दादुरा संक्रमणको जोखिम बढेको समाचारमा जनाइएको छ । युनिसेफको बंगलादेशस्थित कार्यालयले समेत खोप अभियान शुुरु गरेको जनाएको समाचारमा जनाइएको छ । 

झण्डै १७ करोड जनसंख्या रहेको बंगलादेशमा दादुराविरुद्धको नियमित खोप नौ महिनादेखिका बालबालिकालाई लगाउने गरिएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार अहिले देखिएको संक्रमण मध्ये एक–तिहाइ नौ महिनाभन्दा कम उमेरका शिशु रहेका छन् । बंगलादेशमा नियमित खोप कार्यक्रमका साथै प्रत्येक चार वर्षमा विशेष दादुरा खोप अभियान समेत सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  


प्रतिक्रिया