भर्खरै बिहे गर्दिन – हरिहर अधिकारी

रेडियो कान्तिपुर संवाददाता

माघ २२, २०७५ | काठमाडौं

ज्योतिष विधामा चर्चित छन्, हरिहर अधिकारी । ज्योतिषीहरुको भिडमा उनको छुट्टै नाम छ ।

दुनियाँको भबिष्य हेरेर नाम, दाम कमाएका युवा ज्योतिष हरिहर अहिले अर्को एउटा प्रशंगले चर्चामा छन् । उनि चाडै हिरो बनेर चलचित्रमा देखिदैछन् । चलचित्र शुभ–लभमा प्रेमिका फकाउन संघर्ष गर्ने, मन पराएको युवतीलाई प्रेम जालमा पार्ने, प्रेममा धोका पाउने,  हाँस्ने, रुँने, कराउँने अनि आफ्नो प्रेममा आउने शत्रुसँग झगडा गर्ने हरीहर अधिकारीको अभिनय वास्तवमा कस्तो होला ? त्यसका लागि चलचित्र प्रदर्शन मिति ‘चैत १५’ नै कुर्नुपर्ला ।

हरिहरले अन्तरवार्तामा चलचित्र निकै दमदार बनेको बताए । उनले अन्य चलचित्रको तुलनामा यो चलचित्रमा वेग्लै किसिमको लभ फ्लेवर रहेको रहस्य दावी गरे । हरिहर भन्छन्, ‘प्रेमको नयाँ परिभाषा पनि चलचित्रले दिनेछ भन्ने आशा राखेको छु ।'

कुराकानीको क्रममा ज्योतिष तथा अभिनेता हरिहरले आफ्नो रियल लाईफका विभिन्न रमाइला किस्सा पनि खोलेका छन् ।

हेर्नुहोस्, अन्तरवार्ता


प्रतिक्रिया