मेहनत गर्ने नर्सलाई बेलायतमा अवसरै अवसर

रेडियो कान्तिपुर संवाददाता

वैशाख १८, २०७६ | काठमाडौं

- बेलायतमा विगत १२ वर्ष अघि स्थापना भएको नेप्लिज नर्सिङ एशोसिएसन नेपाली राजदुतावासको सल्लाहकारका रुपमा समेत सक्रिय छ । नेपालबाट बेलायत जाने नर्सहरुको हक हितका लागि स्थापना गरिएको सो संस्थाले नेपालका केही विद्यालयमा समेत भौतिक पूर्वाधारमा सहयोग गर्दै आएको छ । एशोसिएसनका अध्यक्ष विनोद विकास सिंखडा नेपाल आएका बेला रमेश दुलालले उनीसंग सो संस्थाको प्रभावकारीता र बेलायतमा नर्सपेशामा अवसरमा केन्द्रित रहेर कुराकानी गरेका छन् ।

नेप्लिज नर्सिङ एशोसिएसनले कसरी काम गरिरहेको छ ?

- यो सन् २००८ देखी स्थापना भएको संस्था हो । सुरुवाती चरणमा बेलायतमा गएका नर्सहरुलाई आइपर्ने कठिनाईको समाधान गर्ने उद्धेश्यले स्थापना भएको हो । तर अहिले त्यहाँको नेपाली समुदाय तथा नेपाली राजदुतावासको सल्लाहकारको भुमिकामा छ यो संस्था । साथै नेपालमा पनि हामीले केही कामहरु गरिरहेका छन् ।

भुकम्प गएको बेला तपाईंहरुले सिन्धुपाल्चोक र गोरखाको केही विद्यालयमा सहयोग गर्नु भएको थियो तर अहिले के गर्दै हुनुहुन्छ ?

अहिले जुम्लाको पत्थरखोला गाउँपालिकामा एउटा प्रोजेक्ट चलिराको छ । यो हाम्रो पाँच वर्षे योजनाको प्रोजेक्ट हो । त्यहाँ हामीले बर्थिङ सेन्टर स्थापना गर्न खोजिरहेका छौं । अहिले निर्माणधीन छ । यहाँको एक्सन वर्क नेपाल नाम संस्थासंग मिलेर हामीले भवन निर्माण गरिरहेका छौं । अबको छ महिना पछि स्थानीयलाई सेवा दिने हाम्रो लक्ष्य छ । 

बेलायतमा नेपाली नर्सहरुलाई यो संस्थाले कस्तो कस्तो सहयोग गर्दै आएको छ ?

उहाँहरुलाई प्रोफेसनल समस्या पर्दा हामीलाई गुहार्नुहुन्छ । त्यहाँको नियम कानुन कतिले बुझ्नुभाको हुन्न । त्यहाँ कहिलेकाहीँ उहाँहरुको बारेमा कम्प्लेन परेको हुन्छ । उहाँहरुको नर्सिङ लाइसेन्स जाने सम्मको समस्या आइरहेको हुन्छ । त्यसमा हामीले गर्नसक्ने सल्लाह सुझाव गछौं । नभए त्यहाँका राम्रा वकिलहरुलाई वहाँहरुसँग कनेक्सन गराइदिने । अथवा हामी पनि धेरै अनुभवी नर्सहरु त्यहाँ छौं । हामी आफैंले पनि गाइड्यान्स गरिराको हुन्छौं । नयाँ जानेहरुलाई एकथरि समस्या छ । पुरानो काम गरिरहेकाहरु अर्को खालको समस्या लिएर आउनुहुन्छ । हामीले धेरै रुपमा सपोर्टहरु गरिरहेका हुन्छौं । त्यसका साथ साथै हामीले हरेक वर्ष टे«निङ पनि प्रोभाड गर्छौं । हरेक वर्ष मार्च अप्रिलमा पर्छ । हाम्रो अर्को टे«निङ चा“डै छ अप्रिल ५ मा । म यताबाट फर्किनासाथ तयारीमा लाग्नु छ ।

सुरुवाती चरणमा नेपाली नर्सहरुले बेलायतमा पाउने समस्या के के हुन ?

पुगिसकेपछिको कुरा गरौं । त्यहाँ गइसकेपछि एउटा एक्जाम हुन्छ । त्यो एक्जाम दिन केही अप्ठेरो छ । असम्भव होइन तर अप्ठेरो छ । बेलायतमा कामकै दुख हुने हो । त्यो बाहेक ठगिने लगायतका समस्या हुँदैन् । यतैबाट बुझेर जानेलाई धेरै खालका समस्या भने हुँदैनन् । किनभने त्यहाँ गभर्मेन्ट हस्पिटलहरुमै जान सकिन्छ यताबाट जाँदा । त्यही भएर सरकारी सेवा सुविधा सबै पाइन्छ । नयाँ ठाउँमा जाँदा आइपर्ने सामान्य समस्या भईहाल्यो । त्यो भन्दा अन्य समस्या म केही पनि देख्दिन् । 

यहाँबाट जाँदा आइपर्ने समस्याहरु के के हुन् ?

जानलाई समस्या भन्दा पनि जाने बाटोको कुरा गर्छू म । चाहे त्यो पिसिएल नर्सिङ गरेका साथीहरु हुन् । अथवा विएन, विएस्सी गरेका साथीहरु हुन् । सबै क्वालिफिकेसनलाई युकेले मान्यता दिएको छ । उहाँहरुले नर्सिङ गरिसकेपछि आइएलटिएस अथवा ओइटी दिनुपर्ने हुन्छ । त्यो इङलिस ल्याङवेज एक्जाम हो । त्यो एक्जाम पास गरिसकेपछि रजिन्ट्रेसनको फेजमा जानुपर्छ । रजिष्टे«सन स्टार्ट आफैंले गर्न सकिन्छ । सबै कुरा अनलाइनमा छ र एकदमै सरल छ । युकेको कुनै पनि वेवसाइटमा गाह्रो इङलिसमा लेखिएको हुँदैन् । सरल भाषमा लेखिएको हुन्छ र सहजैसँग गर्न सकिन्छ । सुरुमा नर्सेज साथीहरुले आइएलटिएस अथवा ओएलटी एक्जाम पास गर्नुपर्यो । त्यसपछि रजिष्ट्रेसन इनिसिएल गरिसकेपछि फस्र्ट पार्ट एक्जाम यही“बाट दिन मिल्छ अहिले । त्यो भएपछि वर्क पर्मिट लिएर त्यहा“ गएर काम नै सुरु गर्ने हो तर वहाँहरुले सुरुको नौ महिना भित्र पार्ट टु एक्जाम पास गर्नुपर्छ । 

नेपालमा र बेलायमा यो क्षेत्रमा के फरक देख्नुभाको छ ?

कामकै हिसावमा एउटा नर्सले यहाँको हस्पिटलका वार्ड गर्ने काम र त्यहाँको हस्पिटलको वार्डमा गर्ने काममा त्यती फरक छैन् । त्यहाँ मैले भोगेको एउटै फरक भनेको डकुमेन्टेसन स्ट्रङ चाहिन्छ त्यहाँ । हरेक कुरा लेख्नै पर्छ । सानो एउटा औषधी अथवा केही केयर ग¥यो भने पनि हामीले त्यो कुरा लेख्नै पर्छ । यहाँ त्यो प्रवृति छैन् । यहाँ काम गरेपछि त्यो नलेखे पनि केही फरक पर्दैन् । औषधी दिएको कुरा लेखिन्छ तर अरु कुराहरु केयरको प्याकेजमा आउने कुराहरु । डकुमेन्टेसनमा आउने कुराहरु लेख्ने परिपाटी यहाँ छैन । तर त्यहाँ यो कुरामा एकदमै स्ट्रङ हुनु जरुरी छ । कामै चाहीँ त्यो फरक हो तर विरामीलाई गर्ने स्याहारका कुरामा त्यती फरक छैन् । 

नर्सिङ क्षेत्र आकर्षणको केन्द्र भएपनि सरकारी तथ्याङ्क अनुसार नेपालमा ५५ हजारका संख्यामा नर्सहरु बेरोजगार छन् । तर बेलायतमा २५ हजारको संख्यामा आवेदन खुला छ । यस्तो फरकलाई तपाईले कसरी लिनुहुन्छ ?

यो फरकलाई हटाउन नेपाली नर्सले अलि धेरै मेहनत गर्नुपर्यो । बाटो सहज छ तर मेहनत पुगेको छैन नेपाली नर्सहरुको । अहिले युके जाने तरिका बारे यहाँ भएका सबै नर्सहरुलाई थाहा हुन सक्छ बाटो कसरी तय हुन्छ भन्ने बारे । तर त्यो बाटोमा हिँड्ने को त ∕ मेहनत गर्ने को त ∕ आइएलटीएसमा सात ल्याउन टुपी कसेर घुँडा धसेर पढ्नेको त ∕ ६ महिना कोठाबाट ननिस्किकन पढ्ने को त ∕ त्यो गर्ने नर्सहरुले नाम निकालिरहनु भएको छ । थोरैमात्र मेहनत गर्ने नर्सहरु गइरहनु भएको छ । यहाँ यतीका नर्सहरुले जागिर नपाएर बस्नुपरेको तर त्यहाँ हस्पिटलमा काम गर्ने नर्स नहुँदा हामीलाई दुख लाग्छ । नेपालमा काम नपाएका नर्सलाई युके लान सकियो भने हाम्रै नेपाली नर्सले जागिर पाउँथे । हामीले केही सहयोगी साथी पाउथ्यौं । तर मैले देखेको प्रवृति भनेको अलिकति अल्छिपना छ । मैले वहाँहरुलाई गाली गर्न खोजेको हैन । उहाँहरुले मेहनत अलिकती बढी गर्नुपर्यो । आइएलटिएस अथवा ओइटी के गर्नुहुन्छ त्यो एक्जाममा मेहनत गर्नैपर्छ । एक पटक दुई पटक प्रयास गर्दा पनि भएन भने निरन्तर प्रयास गर्छु भनेर वहाँहरु लाग्नुपर्छ । मेहनत गर्नेहरु सफल हुनुहुन्छ । मैले चिनेका सार्थीहरुले नौ/१० पटकको प्रयासमा आइएलटीएस पास गरेर सफल हुनुभाको छ । यदि नर्सहरुले नेपालमा बसेर जागिर पाईँदैन भन्ने लाग्छ भने आईएलटीएस वा ओइटीमा राम्रो मेहनत गरेर सात ल्याउन सक्नेलाई युके जाने बाटो सहज छ । त्यहाँ गएपछि आम्दानी राम्रो छ । कामको प्याकेज पनि राम्रो छ । मेहनत गर्ने सबैले सक्नुहुन्छ । 

युकेमा हाल कति नर्सहरु कार्यरत छन् ?   

ठ्याक्कै फिगर त मलाई थाहा छैन् तर हाम्रो आँकडामा लगभग तीन हजार देखी पैंतीस सय नेपाली नर्सेस त्यहाँ हुनुहुन्छ । त्यसमध्ये ९० प्रतिशतले परिवार समेत लिएर जानुभाको छ । नया“ नर्सेसहरु कम हुनुहुन्छ । मुख्यत २००५÷६ तिर गएका नर्सहरु धेरै हुनुहुन्छ । त्यसपछि त युके सरकारले पनि कडाई ग¥यो । भाषाको कुरा पनि आयो । त्यति खेरको नर्सहरुले त त्यहाँको पर्मानेन्ट रेसिडेन्सि (पिआर) लिएर त्यहाँ परिवारलाई लिएर गएर आफ्नो खालको लाइभस्टाइल जिउनुहुन्छ । लगभग ३ हजार देखी ३ हजार ५ सय नेपाली नर्सेजहरु त्यहाँ कार्यरत छन् । 

नर्सिङमा व्याचलर गर्न बेलायत जाने र उतै सोही फिल्डमा काम गर्न चाहनेलाई पर्ने समस्या के के हुन  ?

विदेशीहरुलाई बेलायतमा हेल्थ सेक्टरको पढाई जस्तै मेडिसिन नर्सिङमा खासै खुल्ला छैन् । उनीहरुको पोलिसी सकेसम्म ब्रिटिसलाई नै पढाऔं । उनीहरु फर्केर जाँदैनन् त्यहीँ बस्छन भन्ने हुन्छ । तर नेपालबाट नर्सिङनै पढ्न जानेको संख्या अत्यन्त कम छ । तर केही युनिभर्सिटीहरुले एक वर्षे डेड बर्से बिएस्सी नर्सिङ डिग्री दिन्छौं भनेर लिएर गएका छन् यहाँको पिसिएल नर्सिङ गरेका साथीहरुलाई । तर त्यो डिग्रीले न युकेको नर्सिङको रजिस्ट्रेसन दिन्छ न केही काम लाग्छ । त्यो डिग्री भित्तामा झुण्डाउन बाहेक केही काम लाग्दैन । साथीहरुले विचार गर्नुपर्छ । कुनै पनि डिग्री हासिल गर्ने मात्र नसोच्नुस । त्यो डिग्रीले भोली त्यो लेभलमा काम पाइन्छ कि पाईँदैन हाम्रो नर्सेजहरुले सोच्नुपर्छ । हालसालै मलाई २ जनाले कन्ट्याक्ट गर्नुभयो युके पुगिसकेपछि । म युनिभर्सिटीको नाम म खुलाउँदिन । उहाँहरुले भन्नुभयो कि, ‘सर हामी यो युनिभर्सिटिमा आयौं । तर यहाँ आएपछि थाहा भयो यो डिग्री त यहाँ पनि काम लाग्दैन नेपालमा पनि काम लाग्दैन ।‘ अव के गर्ने सर भन्नुभयो । ‘तपाई“हरुलाई सबैकुरा पहिला खुलाएर भनिएको थियो भन्दा,‘ उहाँहरुलाई लामो स्पेसिफिकेसन दिइएको रहेछ । तर त्यसमा घुमाउरो भाषामा पाइँदैन भनेर लेखिएको रहेछ । तर उहाँहरुलाई त थाहा भएन । त्यही भएर विदेश जाँदा अथवा कुनै काम गर्दा त्यसको प्रतिफल के हो भन्ने नबुझेसम्म कुनै काम नगर्नुस भनेर म भन्छु । नर्सिङनै पढ्न युके जाने हो भने खर्चिलो छ । वर्षको घटिमा पनि २२ हजार पाउण्ड लाग्छ । ४ वर्ष पढ्नुपर्छ । सामान्य परिवारको व्यक्तिले त्यो खर्च उठाउन सक्दैन् । त्यहाँ गएर काम गर्दै पढ्छु भन्ने हो भने पनि वर्षको २२ हजार पाउण्ड तिर्न मुस्किल छ । त्यही भएर युकेमा नर्सिङ पढ्न जान सुझाव दिन्न । यहीँ नर्सिङ गरिसकेका साथीहरुलाई त्यहाँ राम्रो छ । यहाँ आइएलटिएसमा राम्रो गर्नुस, पार्ट वान एक्जाम यहाँ पास गर्नुस । गएको तीन महिनामा त्यहाँ त्यसरी गर्दा सजिलो हुन्छ ।  

 


प्रतिक्रिया