ईश्लामिक स्टेटविरुद्ध अन्तिम कारवाही सुरु : गठवन्धन सेना

रेडियो कान्तिपुर संवाददाता

माघ २७, २०७५ | एजेन्सी

अमेरिकासँगको गठबन्धन रहेको सिरियाली सेनाले ईश्लामिक स्टेट विरुद्ध अन्तिम युद्ध सुरु गरेको घोषणा गरेको छ । सिरियामा आईएसको बांकी अस्तित्व एक साता भित्र समाप्त पार्ने अमेरिकाको घोषणा लगत्तै गठबन्धन सेनाले अन्तिम युद्ध छेडेको हो ।

सेनालाई फिर्ता बोलाउने अमेरिकाको योजना पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक हप्ता भित्र सिरिया, आईएस लगायतका आंतकवादी समुहबाट मुक्त हुने प्रतिबद्धता जनाउनुभएको थियो । गत १० दिनमा सर्वसाधारणलाई सुरक्षित रुपमा आईएस प्रभावित गाउँबाट निकालिएको सिरियाली सेना अधिकारी मुस्तफा बालीले जानकारी दिनुभयो । २० हजार सर्वसाधारणलाई सुरक्षीतरुपमा उद्धार गरिएको उनको भनाई छ ।

सन् २०१४ देखी मध्य पूर्वी मुलुकमा आफ्नो संघर्ष सुरु गरेको आईएसले सिरियाको मुख्य शहर रक्का र ईराकको मोशुलमा कब्जा जमाएपनि अहिले पकड गुमाईसकेको छ ।

ईश्लामिक समुहको नियन्त्रणमा रहेका सिरियासँग सिमा जोडिएको ईराकी क्षेत्रमा समेत कार्बाही जारी रहेको रोयटर्सले उल्लेख गरेको छ ।  

 


प्रतिक्रिया