पाँचौं संस्करणको कथा लेखन प्रतियोगिताका लागि कथा आव्हान

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०८० | काठमाडौं

डिस होम बाह्रखरी कथा लेखन प्रतियोगिताको पाँचौ संस्करणका लागि कथा आह्वान गरिएको आयोजकले जनाएको छ । बाह्रखरी मिडियाले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणा गर्दै कथाका लागि लेखकलाई आव्हान गरेको हो । आयोजकका अनुसार यही असोज ३० गतेसम्म नेपाली भाषामा लेखिएको कथा पठाउन सकिनेछ ।

 प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजक बाह्रखरी मिडियाले जनाएको छ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन समेत गरिनेछ ।


प्रतिक्रिया