टोखामा कवि तथा वरिष्ठ साहित्यकार श्रेष्ठ सम्मानित

रेडियो कान्तिपुर संवाददाता

पुस १२, २०८० | काठमाडौं

टोखामा कवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठलाई ‘न्हुजः प्रगतिशील साहित्य पुरस्कार २०८०’ बाट सम्मान गरिएको छ । न्हुजः खलः टोखाले नागरिक अभिनन्दन कार्यक्रम गरी श्रेष्ठलाई ५० हजार रुपैयाँ राशीसहितको पुरस्कार प्रदान गरेको हो । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखामा रहेका सांस्कृतिक संघ संस्थाको तर्फबाट नागरिक अभिनन्दन र परम्परागत बाजा गाजा सहित नगर परिक्रमा गराई कवि श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको न्हुजः खलः का अध्यक्ष डा.दिपेन्द्र श्रेष्ठले बताए । 

९२ वर्षीय कवि श्रेष्ठका ५० बढी प्रकाशित र त्यसभन्दा बढी प्रकाशोन्मुख पुस्तकहरु छन् । सो खलःले स्थापनाकालदेखि नै पाठन संस्कृति र सांस्कृतिक क्रियाकलापहरुको माध्यमबाट जनतालाई आफ्नो अधिकार प्राप्तिका लागि लड्न उत्प्रेरित गर्ने र कर्तव्य निर्वाहप्रति चेतनशील बनाउने काममा निरन्तर सक्रिय हुँदै आइरहेको अध्यक्ष डा. श्रेष्ठको भनाइ छ । 


प्रतिक्रिया