८ जना सर्जक र कलाकारलाई छिन्नलता पुरस्कार

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०८१ | काठमाडौं

प्रतिष्ठा निरौला/अनुज्ञा बस्नेत (प्रशिक्षार्थी)

साहित्य र कलाको क्षेत्रमा योगदान पु¥याएका ८ जना सर्जक र कलाकारलाई छिन्नलता पुरस्कार प्रदान गरिएको छ । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार प्रदान गरिएको हो । जसअनुसार २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीतकार मनराजा नकर्मी, गायक शिव परियारलाई प्रदान गरिएको छ । युवातर्फ गायिका मेनुका पौडेल पुरस्कृत भइन् ।

आयोजकका अनुसार, २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायिका मनिला सोताङ र युवातर्फ गायक भुपू पाण्डेलाई पुरस्कार प्रदान गरिएको छ । छिन्नलता गीत, संगीत र गायन पुरस्कारको राशि जनही एक लाख रुपैयाँ छ भने युवा पुरस्कारको राशि ५० हजार रुपैयाँ छ । सम्मानित सर्जक र कलाकारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत गर्नुभएको थियो । 


प्रतिक्रिया