कविद्धय लोहनी र उप्रेतीलाई सम्मान गरिदै

रेडियो कान्तिपुर संवाददाता

श्रावण २३, २०८१ | काठमाडौं


साहित्यिक पत्रकार संघले कवि मणि लोहनीलाई “व्यथित काव्य सम्मान– २०८१“ र कवि सुरेन उप्रेतीलाई व्यथित काव्य डायस्पोरा सम्मान–२०८१ प्रदान गर्ने भएको छ । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले ती दुई सर्जकलाई सम्मान गर्ने निर्णय गरेको हो । 

युवा पुस्ताका कवि एवम् कथाकार मणि लोहनी पेशाले टेलिभिजन पत्रकार हुन् । उनका “आन्दोलनले छट्पटाएका कलमहरु,” “मलामी साँझ,” मृत्युको अघिल्तिर लगायत कविता कृति तथा असहमतिका पाइलाहरु, परास्त प्रेम, निर्वस्त्र मन लगायत कथाकृति प्रकाशित छन् । 

यसैगरी “व्यथित काव्य डायस्पोरा सम्मान“बाट सम्मानित हुने कवि सुरेन उप्रेतीको आजका स्वरहरु कविता सग्रह प्रकाशित छ । विक्रम सम्वत् २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार संघबाट प्रदान गर्दै आइएको छ । 


प्रतिक्रिया