शम्भु राईलाई रेडियो कान्तिपुरको सम्मान
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/news/sambhu-1739018299.png&w=700&height=600)
माघ २६, २०८१ | काठमाडौं
संगीत सिर्जनामा जीवन अपर्ण गरेका स्रष्टाहरुलाई सम्मान गर्ने रेडियो कान्तिपुरको थलो सलाम ज्यूँदो इतिहासलाई को नयाँ अंकमा वरिष्ठ गायक एवं संगीतकार शम्भु राईलाई प्रस्तुत गरिएको छ । धनकुटामा जन्मिएका राईले पहिले लोकभाका र गीत गाए पनि पछि आधुनिक सुगम संगीतमा आफूलाई अभ्यस्त पारे । फलतः उनी आधुनिक गायकका रुपमा कहलिए ।
कान्तिपुर टेलिभिजनको स्टुडियोमा आयोजित कार्यक्रममा राईलाई रेडियो कान्तिपुरका स्टेशन म्यानेजर पवन आचार्यले अभिनन्दन पत्र र दोसल्ला ओढाएर सम्मान गरे । रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गर्नुअघि नै गीत गाएर पूर्वमा चर्चित भइसकेका राईले पछि त्यही गीतलाई रेडियोमा रेकर्ड गराए । त्यो गीत हो– चलेछ बतास सुस्तरी मनै हरर भरोसा छैन जीवनको बिताउँ हाँसेर ।
रत्न रेकर्डि»ले आयोजना गरेको प्रतिभाको खोजी गायन प्रतियोगितामा प्रथम भएका राईले २०४२ सालमा मात्रै सो गीत रेकर्ड गराएका थिए । सम्मान काय्र्रक्रममा सोही गीत सञ्जय तुम्रोकले गाउँदा राई निकै भावुक मुद्रामा प्रस्तुत भए । उनले भने–“म अहिले कतै हराएँ की जस्तो लाग्छ । पहिलेको समय सम्झिंदा मन त्यसै हरर भएर आउँछ ।”
धनुकटाबाट नुन बोक्न ढाकर र तोक्मा लिएर धरा नझरेका शम्भु राई काठमाडौं हुँदै अमेरिकासम्म पुगे तर उनको मन गीत संगीतभन्दा पर कहिल्यै अडेन । भने, “मलाई पहिचान दिने भनेको गीत संगीत नै हो । यो बिना मेरो अस्तित्व रहेनछ भन्ने लागेसी विदेश छाडेर देश आई संगीत सिर्जनामा लागेको हो ।”
हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहेका राईका दर्जनौं एल्बम सार्वजनिक भैसकेका छन् । कुनै समय रेडियो नेपालमा सारङ्गी समेत बजाउने काम गरेका यिनले नयाँ प्रतिभाको प्रस्फुटनका लागि श्रद्धा डिजिटल रेकर्डिङ स्टुडियो समेत चलाए ।
रेडियो कान्तिपुरमा कुनै समय श्रद्धा संगीत नामक कार्यक्रम सञ्चालन गर्ने राईले आपूm काम गरेको संस्थाबाटै सम्मानित हुन पाउँदा औधी खुसी मिलेको प्रतिक्रिया दिए । रेडियो कान्तिपुर र कान्तिपुर म्याक्स एच.डी टिभीबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा गायकहरु सञ्जय तुम्रोक, राजु बाराकोटी, किनशराज गुरुङ्ग र रोजी श्रेष्ठले उनका चर्चित गीतहरु प्रस्तुत गरेका थिए । सयौं गीतमा आवाज र संगीत भरेका राईका चर्चित गीतहरु चलेछ बतास सु्स्तरी, यो मन भन्छ कहाँ जाऊँ, पूmलै फुल्यो वैंश फुल्यो, चिठ्ठी तिमीलाई लेखुँ भन्छु र आल्ुदम चना बोलको गीत कार्यक्रममा नव कलाकारले प्रस्तुत गरेका थिए । रेडियो कान्तिपुरले प्रत्येक महिनाको अन्तिम शनिबार गर्ने सलाम ज्यूँदो इतिहासलाई कार्यक्रममा यसअघि बुलु मुकारुङ, सीके रसाईली र सुनिल उप्रेतीलाई सम्मान गरिसकेको छ ।