ताप्लेजुङको दोभानमा भीषण आगलागी, ४० घर जलेर नष्ट

तस्बिर: प्रेम गरागाइँको फेसबुकबाट 

फाल्गुन १८, २०७७ | ताप्लेजुङ

ताप्लेजुङको मेरिङदेङ गाउँपालिका–३ दोभान बजारमा भीषण आगलागी हुँदा ४० वटा घर जलेर नष्ट भएको छ । 

आगोले व्यापारिक केन्द्रका ४० वटा घरहरु जलेर नष्ट भएपनि क्षतिको यकीन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । स्थानीय भोला पौडेलको घरबाट बिहान ९ बजे सल्केको आगो स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र दमकलको सहयोगमा झण्डै ३ घण्टापछि निभाइएको हो । 

विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । वरपरका घरहरुमा आगो फैलिन नदिन स्काभेटारको सहयोगमा केही घरहरु पनि भत्काइएको थियो । सो व्यापारिक केन्द्रमा १ सय ५० वटा घरहरु रहेका छन् । 


प्रतिक्रिया