लमजुङ भूकम्प (अपडेट) : ६ जना घाइते, दजनौँ घर क्षतिग्रस्त

जेष्ठ ५, २०७८

लमजुङमा आज बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलब ८ म्याग्नेच्युटको भूकम्प गएपछि पनि निरन्तर परकम्प गइरहेका छन् । पछिल्लो समय ८ बजेर १६ मिनेट जाादा ४ म्याग्नेच्युट र ८ बजेर २६ मिनेट जाादा ५ दशमलब ३ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यसपछि लमजुङको मस्र्याङ्दी गाउापालिका ८, भुलभुले आसपास केन्द्रविन्दु भएर गएको भूकम्प गएको थियो । 

भूकम्प मापन केन्द्रका अनुसार सोही क्षेत्र केन्द्रबिन्दु बनाएर स–साना २० भन्दा बढी परकम्प गएको छ । निरन्तरको कम्पनले मानिसहरु सडक तथा खुला ठाउामा छन् । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर जगदिस रेग्मीका अनुसार हालसम्म ६ जना घाइते भएका छन् । ३ जना घरको पर्खाल खसेर र ३ जना भागदौडका क्रममा घाइते भएका हुन् । उहाँका अनुसार मस्र्याङ्दी गाउापालिका ५ घेर्मु घर भइ हाल बेंसीसहर नगरपालिका ६ चनौटे बस्दै आएकी ४० बर्षीया उमा गुरुङ, बेंसीसहर ११, रामचोकबेंसीकी ८३ बर्षीया खवकुमारी पाण्डे र दोर्दी गाउापालिका ७, लप्सीबोटकी ८३ बर्षीया मंगलीमाया तामाङको घर भत्किादा घाइते भएका छन् । 

यस्तै मस्र्याङ्दी गाउापालिका ६, ठुलीबेसीका २२ बर्षीय गोविन्द अधिकारी, बेंसीसहर नगरपालिका ८, ओख्लेफााटकी २९ बर्षीया खुसीमाया गुरुङ र बेंसीसहर ८ शेराकी ६० बर्षीया सुमित्रादेवी श्रेष्ठ भागदौडका क्रममा घाइते भएका छन् । घाइतेमध्ये दोर्दीका तामाङबाहेक सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको र सवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तामाङको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

हालसम्म ९ जनाको घर भत्किएको र १२ भन्दा बढी घरमा क्षति पुगेको डीएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइाटेलले घाइतेको उद्दार गरी अस्पतालमा उपचार गराइरहेको र भत्किएका घरहरुको विवरण संकलन भइरहेको बताउनुभयो । 


प्रतिक्रिया