राम्रो काम नगरेर आराम गर्ने छुट नरहेको प्रधानमन्त्री दाहालको भनाई

चैत्र २४, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई राम्रो काम नगरेर आराम गर्ने छुट नरहेको बताउनुभएको छ । गोरखा अस्पतालको स्वर्णजयन्ती समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र र परिवर्तनलाई दिगो बनाउने ऐतिहासीक जिम्मेवारी आफ्नो काँधमा रहेको बताउनुभएको हो । गोरखा पुग्नुभएका दाहालले सरकारको वितेका एक सय दिन राजीतिक दृष्टिकोणबाट उतराचढावमय भएको उल्लेख गर्नुभयो ।

सरकारले सार्वजनिक गरेको साझा नीति तथा कार्यक्रममा कसैले पनि विरोध गर्ने ठाउँ नरहेको प्रधानमन्त्री दाहालको प्रतिक्रिया थियो । शान्ति प्रक्रियाको बाँकी काम दुइ वर्ष भित्र टुंगाउने गरि संसदमा रहेको संक्रमणकालिन न्याय सम्वन्धि विधेयकलाई सवैको सहमतिमा अघि वढाउने दाहालले उल्लेख गर्नुभयो । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाहाल गोरखा क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो ।  


प्रतिक्रिया