पूर्वसांसद चौधरीलाई माफी दिने तयारी

जेष्ठ १४, २०८० | काठमाडौं

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई माफीका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । चर्को विरोधका बीच मन्त्रीपरिषद् बैठकले चौधरीलाई माफीका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले बताउनुभयो ।

टिकापुरमा २०७२ को भदौमा थरूहट संघर्ष समितिले आन्दोलन चर्काउँदा भएको झडपमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । चौधरी सोहि घटनाको मुख्य योजनाकार रहेको आरोपमा चौधरीमाथि जन्मकैदको फैसला सुनाइएको थियो । चौधरीलाई जन्मकैदको सजाय हुने गरी जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले गरेको फैसलालाई जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो ।

सर्वोच्चले उच्च अदालतको फैसलालाई सदर गरेपछि चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तिले विरोध जनाउँदै आएको छ । 


प्रतिक्रिया