कांग्रेस आतंकवादको विरुद्धमा छः प्रवक्ता महत

वैशाख २६, २०८२

सत्तारूढ दल नेपाली कांग्रेसले कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस आतंकवादको विरुद्धमा रहेको बताउनुभएको हो । 

उहाँले भारत र पाकिस्तानबीच भइरहेको द्वन्द्वमा निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा समेत पार्टीले गरेको जानकारी दिनुभयो । कांग्रेसले आतंकवादको विरुद्धमा गरिने कारबाही न्यायोचित भएको बताएको छ । 


प्रतिक्रिया