गोरखामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

असार ८, २०८० | गोरखा

गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । शहिद लखन गाउँपालिका ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाडातर्फँ फर्किदै गरेको बोलेरो जीप दुर्घटना हुदाँ उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा शहिद लखन गाउँपालिका–५ पोखरीडाडाँका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय विर वहादुर थापा, र १९ वर्षीय निरज थापाको मृत्यु भएको हो । त्यस्तै १९ वर्षीय नवीना थापा र ६४ वषीर्य धन वहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।

दुर्घटनामा अन्य १२ जना घाईते भएका छन् । घाइतेहरुको तनहुँस्थित आँवुखैरेनी अस्पतालमा उपचार भइरहेकाछ । १९ जना सवार जीपमा २ जनाको सकशुल उद्धार गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया