दोलखामा पहिरोले घर बगाउँदा ३ जना वेपत्ता

श्रावण १९, २०८० | दोलखा

दोलखाको गौरीशंकर गाउँपालिका–८ टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना वेपत्ता भएका छ्न ।

३ जनाको घाईते अवस्थामा उद्वार गरिएको छ । वेपत्ता र घाईतेका परिचय खुल्न नसकेको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । यस्तै टोपाटारमा ३ घर पुरिएको शेर्पाले बताउनुभयो । पहिरोका कारण सो स्थानका धेरै घर जोखिममा परेको छन् भने टेलिफोन सम्पर्क हुन नसकेको बताइएको छ ।

यस्तै गएरातीको वर्षाले सोही वडाको सल्ले गाउँको २ घर बगाएको छ अन्य १५ घर परीवार विस्थापित भएको शेर्पाले जानकारी दिनुभयो । भौगोलीक कठिनाइ रहेको सो क्षेत्रमा गएको पहिरोका क्षतिका बारेमा थप विवरण आउन बाँकी छ । 

स्थानीय घट्टे खोलामा आएको बाढीले पहिरो गएको सो गाउँ पुग्ने झोलुङ्गे पुल बगाएपछि उद्वारमा कठिनाई भएको छ । घटनास्थलमा उद्वारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिक्रिया