माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

चैत्र ५, २०८० | बुटवल

बुटवल । सुन तस्करीमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ परेका छन् । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै आएका महरालाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो । 

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार महरालाई विमानबाटै काठमाडौं पठाईएको छ । 

उनलाई सुन तस्करी सम्बन्धी जाँचबुझका लागि बनेको उच्च स्तरीय आयोगले कारवाही गर्न सिफारिस गरेको थियो । त्यस लगत्तै उनी प्रहरीको उच्च निगरानीमा रहेका थिए । 

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि महरा पक्राउ परेको जानकारी दिनुभयो । ‘प्रहरीले नै पक्राउ गरेर काठमाडौं पठाईएको जानकारी दिएको छ,’ उहाँले भन्नुभयो, ‘महरा जी रोल्पा जानका लागि आज बिहान काठमाडौंबाट आउनु भएको थियो ।’

आइतबार मात्र गृहमन्त्री रव िलामछिानेले सुन तस्करी प्रकरणमा मुछएिका सबै जनामाथ िअनुसन्धान प्रक्रयिा अगाड िबढाउन प्रहरीलाई नर्दिेशन दिनु भएको थियो ।


प्रतिक्रिया