गृहमन्त्री लामिछानेविरुद्ध कुनैपनि निकायमा उजुरी परेको छैनः एमाले

चैत्र ११, २०८० | काठमाडौं

सहकारीको रकम हिनामिनाको बिषलाई लिएर गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविनको माग भइरहेका बेला सत्तारुढ एमालेले त्यसको प्रतिवाद गर्दै गृहमन्त्रीको बचाउ गरेको छ ।

लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी नपरेको भन्दै एमालेले राजनीतिक प्रतिसोधका आधारमा प्रतिपक्षी नेपाली काँग्रेसले राजिनामा मागेको टिप्पणी समेत गरेको छ ।

एमालेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालिन स्वास्थ्यमन्त्री मोहन बस्नेतको प्रसङ्ग उठाउँदै गृहमन्त्री लामिछानेको बचाउ गर्नुभएको हो । लामिछानेविरुद्ध कुनै निकायमा उजुरी नपरेको ज्ञवालीले दावी गर्नुभयो ।

गृहमन्त्रीको राजिनामा मागेर काँग्रेसले द्धैध भूमिका देखाएको एमालेको भनाइ छ । उपमहासचिव ज्ञवालीले लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको काँग्रेसले गृहमन्त्री भएपछि भने प्रश्न उठाएको टिप्पणी गर्नुभयो । 


प्रतिक्रिया