सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु

चैत्र २३, २०८०

दुई समूहबीचको झडपका कारण उत्पन्न तनावपछि सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ ।

हरिनगर, देवानगञ्ज, कोशी, भोक्राहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिनुभयो ।

आज मध्यान्ह १२ बजेदेखि हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र ७ मा निषेधाज्ञा जारी गरिएको थियो । तर स्थिति नियन्त्रणमा आउननसकेपछिसाँझ ५ बजेदेखि पाँच स्थानीय तहमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हाम्रा सहकर्मीले जनाएका छन् ।

पूर्व पश्चिम राजमार्गमा पर्ने क्षेत्रमा भने लामो दूरीका यात्रुवाहक बस र मालवाहक सवारी साधनलाई निगरानी राख्दै सञ्चालन गरिने प्रशासनले जनाएको छ । दुई समूहबीचको झडपपछि हरिनगर क्षेत्रमा कर्फ्यु लगाइएपनि स्थानीयले प्रदर्शन नरोकेपछि आज बिहानैबाट स्थिति तनावग्रस्त बनेको थियो ।

सो क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले केही राउन्ड गोली चलाएको थियो । सो क्रममा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

एक स्थानीय युवकमाथि भएको कुटपिटपछि विवाद बढ्दै जाँदा दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया