नेपालमा अवसर छैन भन्ने भाष्यको पछाडी नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

माघ २१, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अवसर छैन भन्ने भाष्य सृजना गर्ने प्रयास भएको भन्दै बहकावमा नपर्न युवा वर्गलाई आग्रह गर्नुभएको छ ।

काठमाडौंमा आयोजित युवासँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले नेपालकोे इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो ।

प्रविधिको प्रयोग र विकासबाट नेपाल अरू मुलुकभन्दा अगाडि जान सक्ने प्रधानमन्त्री ओलीले दावी गर्नुभयो । आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भएकाले अध्ययनमा ध्यान केन्द्रित गर्न उहाँले आग्रह समेत गर्नुभयो ।  


प्रतिक्रिया