पाथीभरा केबलकार विवादः आन्दोलनरत पक्षद्वारा सरकारसँग वार्ताकालागि सहजिकरण समिति गठन

माघ २१, २०८१ | काठमाडौं

ताप्लेजुङको पाथीभरा केबलकार निर्माणका विषयमा गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँग छलफलका लागि आन्दोलनरत समुहले चार सदस्यीय वार्ता सहजिकरण समिति गठन गरेको छ ।

अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको समिति गठन गरेको हो । योसँगै गत माघ १२ गतेदेखि सुरु भएको द्वन्द्व व्यवस्थापनकालागि वार्ता प्रकृया सुरु भएको छ ।

सहसचिव स्तरको समितिले निकास दिन नसक्ने बताएका केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बू लिम्बुले समितिबाट वार्ताका लागि समन्वयको वातावरण बन्ने बताउनुभयो । संघीय सरकारकै तर्फवाट मात्रै कुरा गछौं भन्ने आफूहरुको अडान रहेको र त्यसलाई सकारात्मक रुपमा लिएको पनि उहाँले उल्लेख गर्नुभयो । तर, सहसचिवको तहबाट निर्णय भएर कार्यान्वय हुन नसक्ने भन्दै राजनीतिक तवरबाटै वार्ता समिति बन्नुपर्ने आफूहरुको अडान कायमै रहेको पनि उहाँले बताउनुभयो । हालको विषयमा विषयमा छलफल गर्न सहजीकरण समिति बनाइएको पनि लिम्बुले बताउनुभयो ।

समस्याको पूर्ण समाधान भने राजनीतिक तवरबाटै मन्त्री प्रधानमन्त्री तहको वार्ता टोली बनेपछि मात्रै निस्कषर््ामा पुग्न सकिने किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताउनुभयो । वार्तामा बस्नुअघि निर्माण कार्य स्थगित हुनुपर्ने, पक्राउ परेका प्रदीप मादेन सहितका तीनजना लाई रिहा गर्नुपर्ने, निर्माणाधिन क्षेत्रबाट सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने आन्दोलनरत पक्षले माग अघि सारेको छ । 


प्रतिक्रिया