दोलखामा जिप दुर्घटना, २ जनाको मृत्यु

भाद्र ३०, २०८१

दोलखाको गौरीशंकर गाउँपालिका ४ झ्याकुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

दुर्घटनामा गौरीशंकर गाउँपालिका ३ की ७५ वर्षीया काली शेर्पा र अन्दाजी ५५ वर्षीया पसी शेर्पाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिगंटीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । दुर्घटनामा चालक मिङमार शेर्पा, अन्तु शेर्पा र अन्तु शेर्पाकै बुहारी घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् । बा २० च ७२६६ नम्बरको जिप अनियन्त्रित भएर आज साँझ वडा कार्यालय नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय सिंगटी प्राथमिक अस्पतालमा उपचार भइरहेको छ ।  


प्रतिक्रिया