निर्वाचन आचारसंहिता पूर्ण पालना गर्नुः निर्वाचन आयोग
मंसिर ७, २०८१ | काठमाडौं
निर्वाचन आयोगले यहि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वचनका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न उम्मेदवारले चुनाव प्रचार प्रसारका क्रममा निर्वाचन आचारसंहिता विपरीतका घटना घटाएको पाइएको जनाउँदै आचारसंहिता पालना गर्न आग्रह गरेको हो । निर्वाचन आचारसंहिता पालनाका लागि विभिन्न संयन्त्रहरु प्रयोग गरिएको अयोगको भनाइ छ ।
अयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार निर्वाचन आचारसंहिता २०७९ अनुसार प्रचार प्रसार गर्ने उद्देश्यले कुनैपनि प्रकारको डिजिटल बोर्ड, फ्लेक्स बनाउन तथा श्रव्यदृश्य समाग्रीको प्रकाशन तथा १० वटा बढी झण्डाको प्रयोग गर्न रोक लगाइएको छ ।
उपनिर्वाचन हुने ३३ जिल्लाको ४४ स्थानमा निर्वाचन आचारसंहिता पूर्ण रुपले पालना गर्न सम्बद्ध सबैमा निर्वाचन आयोगले आग्रह गरेको हो ।