रास्वपा सभापति लामिछानेलाई नख्खु कारागार सरुवा

श्रावण ३१, २०८२ | काठमाडौं
सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण गरिएको छ ।
लामिछानेलाई आज अपरान्ह भैरहवा विमानस्थल हुँदै काठमाडौं ल्याएर ललितपुरस्थित नख्खु जेलमा पु¥याइएको छ । लामिछानेले गत जेठमा कारागार स्थानान्तरण माग गर्दै दिएको निवदेनका आधारमा सरुवा गरिएको हो ।
अदालतले सहमति दिएपनि लामिछानेको माग बमोजिम कारागार स्थानान्तरण नगरेर भैरहवामै राखिएको थियो । गत साता मात्र राष्ट्रिय मानव अधिकार आयोगको टोलीसँग लामिछानेले आफूलाई कारागार सरुवा नगरिएको गुनासो गर्नुभएको थियो ।