रुस युक्रेन वार्ताले युद्ध विराम हुने युरेपेली नेताहरुको अपेक्षा

रेडियो कान्तिपुर संवाददाता

श्रावण २९, २०८२

युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भर्चुअल बैठक गरेपछि रुस–युक्रेन द्वन्द्वमा निकास पाउने अपेक्षा गरिएको छ । ट्रम्पले युरोपेली नेताहरुलाई सो भेटवार्ताको लक्ष्य मस्को र कीभबीच युद्धविराम गर्नु भएको स्पष्ट पार्नुभएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनकाअनुसार कुनै पनि क्षेत्रीय मुद्दाको निर्णय युक्रेनी राष्ट्रपतिको संलग्नतामा हुनुपर्ने र सुरक्षा ग्यारेन्टीहरू सम्झौताको हिस्सा हुनुपर्ने विषयमा ट्रम्प सहमत हुनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आउने शुक्रबार अलास्कामा हुने वार्ताअघि युरेपेली नेताहरु र ट्रम्पबिच वार्ता भएको हो । राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्सले बेलायत, फ्रान्स, जर्मनी, इटाली ,फिनल्याण्ड, पोल्याण्ड र युरोपेली संघका प्रमुख उर्सुला भोन डेअर लेयनसँग वार्ता गर्नुभएको बीबीसीले जनाएको छ । 


प्रतिक्रिया