आन्दोलनमा भएका हिंसाका घटनामा संलग्नलाई उन्मुक्ति नदिन सरकारलाई कांग्रेसको आग्रह

रेडियो कान्तिपुर संवाददाता

आश्विन १५, २०८२ | काठमाडौं

नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र आगजानी लगायतका घटनामा संलग्नलाई उन्मुक्ति नदिन सरकारलाई सचेत गराएको छ । कांग्रेसले प्रेस वक्तव्य जारी गर्दै दण्डहिनतालाई प्रोत्साहन गर्दै राजनीति नगर्न समेत अन्तरिम सरकारलाई चेतावनी दिएको हो । 

दल बिशेषका नेतामाथि बदलापूर्ण प्रतिशोध लिने उद्देश्यले आक्रमण भएको भन्दै नेपाली कांग्रेसले केही दिनअघि गृहमन्त्रालयको परिपत्रले संविधानवाद, कानूनी राज्य र विधिको शासनको धज्जी उडाएको आरोप लगाएको छ । पीडितलाई आतंकित गर्ने र सप्रमाण भेटिएका अपराधीलाई उन्मुक्ति दिँदै जाने सरकारको नीति भए कदापी स्वीकार्य नहुने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने र आफ्नै मुलूकभित्र पनि आवातजावत गर्न निषेध गर्ने किसिमका गतिविधिबाट प्रतिशोध प्रष्टै देखिने निर्णय सरकारले गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । 



प्रतिक्रिया