सिनेटमा बजेट पारित नभएपछि अमेरिकामा 'गभर्मेन्ट सर्टडाउन'

आश्विन १५, २०८२ | काठमाडौं

सिनेटमा प्रस्तुत गरेको बजेट सम्बन्धी विधेयक पारीत गर्न नसेपछि अमेरिकामा गभर्मेन्ट सटडाउन गरिएको छ । सिनेटरहरु अन्तिम समय सम्म समेत सो विधेयकमा सहमत हुन नसकेपछि गभर्मेन्ट सटडाउन गरिएको बताइएको छ । सो विधेयक पारित हुन असफल भएकोमा रिपब्लिकन र डेमोक्र्याटहरुले एकअर्कालाई दोषारोपण गरिरहेको बताइएको छ ।

सो निर्णय गरिएसँगै हजारौं संघीय कर्मचारीहरुले बेतलबी बिदाको सामना गर्नुपरेको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक कटौतीको चेतावनी दिएपछि हजारौं संघीय कर्मचारीहरुले बेतलबी बिदाको सामना गर्नुपरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

यसअघि ट्रम्पको पहिलो कार्यकालमा सन् २०१९ को सुरुमै सबैभन्दा लामो ३५ दिनसम्म गभर्मेन्ट सटडाउन भएको थियो । 


प्रतिक्रिया