प्रधानमन्त्री कार्कीद्वारा जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारसँग भेट

आश्विन १६, २०८२ | काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्यसँग घरमै पुगेर भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आन्दोलनमा मारिएका सौरभकुमार श्रेष्ठ र बुद्धिबहादुर तामाङको घरमा पुगेर सान्त्वना दिनुभएको हो ।
भेटको क्रममा उहाँले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदको सपना पूरा गर्न आफूहरु लागिपरेको र सपनालाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल पनि मृतकका परिवारका सदस्यहरुसँग भेटघाटका लागि पुग्नुभएको थियो । सो क्रममा प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तस्बिरमा माल्यार्पण गनुृभएको थियो ।