गाजा क्षेत्रमा युद्धविराम योजनाप्रति विद्रोही हमास अझै असन्तुष्ट

आश्विन १६, २०८२ | काठमाडौं
अमेरिकाको आग्रहमा गाजा क्षेत्रमा हुने भनिएको युद्धविराम योजनाप्रति विद्रोही हमासका नेताले विरोध गरेका छन् । मध्यस्थकर्ताहरुले गाजामा हमासको सैन्य प्रमुखसँग सम्पर्क गरेपनि अमेरिकी योजनामा सहमत नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हमासलाई समाप्त गर्न डिजाइन अनुसार युद्धविराम गर्न लागिएको र त्यो आफुहरुलाई स्वीकार्य नभएको उनीहरुको भनाइ छ । इजरायलले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध अन्त्य गर्ने २०–बुँदे योजना स्वीकार गरिसकेको समाचारमा उल्लेख छ ।
सो योजनामा हमासलाई निशस्त्र पार्ने र गाजामा शासन गर्ने भूमिका नहुने लगायत शर्त राखिएको थियो । हमासले बन्धक बनाएका ४८ जना मध्ये २० जना मात्र जीवित रहेको आंकलन गरिएको छ । बन्धक फिर्ता भएपनि इजरायलले सैन्य कारबाही रोक्ने कुनै सुनिश्चित नभएको हमासका नेताले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।