नारायणगढ मुग्लिन सडक सञ्चालनमा

आश्विन २०, २०८२ | काठमाडौं
नारायणगढ मुग्लिन सडक आजदेखि सञ्चालनमा आएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोध नभएको भन्दै प्रशासनले आज बिहानदेखि सो सडकखण्ड प्रयोग गरेर गन्तव्यमा हिडेका यातायातका साधनलाई चल्न दिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेदेािख नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई बाटो खुला गरिएको जनाएको छ ।
प्रहरीले सडक प्रयोगकर्तालाई सावधानीपूर्वक यात्रा गर्न सुझाव दिदै सर्तकता अपनाउन आग्रह गरेको छ ।
जमिन भिजेर कमजोर भएकाले कुनै पनि बेला ढुंगा वा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको हो ।