बीपी राजमार्ग भोलिसम्म सञ्चालन गर्ने तयारी

आश्विन २३, २०८२ | काठमाडौं
सरकारले क्षतिग्रस्त बीपी राजमार्ग भोलि बेलुका सम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले थप मेसिन प्रयोग गरेर काम अघि बढाइएकाले तत्काल अस्थायी डाइभर्सन बनाएर भोलिसम्ममा सवारी साधन सञ्चालनमा ल्याइने बताउनुभएको हो ।
राजमार्गको निरिक्षण गर्दै मन्त्री घिसिङले सडक मर्मत कार्य तीब्र बनाउन निर्देशन दिनुभयो ।
गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको स्थलगत निरीक्षणका लागि काभ्रेको रोशी पुगेका घिसिङले शीघ्र राजमार्ग सुचारु गर्नेगरी काम गर्न सडक विभागका अधिकारीहरूलाई निर्देशन दिनुभएको हो ।
यसैबीच बीपी राजमार्ग अन्तर्गत नेपालथोक–धुलीखेल खण्डको सिन्धुलीतर्फ ६ सय मिटर ट्रयाक सडक निर्माणसँगै नेपालथोकबाट–वालुवासम्म यातायात संचालनमा आएको छ ।