कार्की नेतृत्वको अन्तरिम सरकारप्रति एमाले अध्यक्ष ओलीको चर्को असुतुष्टि

आश्विन २३, २०८२ | काठमाडौं
एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको चर्को आलोचना गर्नुभएको छ । वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाउँदै ओलीले सरकारका कामकारवाहीप्रति आपत्ति समेत जनाउनुभएको छ । भक्तपुरको गुन्डुमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो सरकारको कामलाई लिएर असन्तुष्टि जनाउनुभएको हो ।
एमाले अध्यक्ष ओलीले नेपाललाई अस्थिर बनाउन खोज्ने शक्तिले जेन जीको नाममा आन्दोलन गराएको आरोप समेत लगाउनुभएको छ ।
यसैबीच, एमाले अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानविन गर्न गठित आयोग स्वीकार्य नभएको बताउनुभएको छ । आयोग गठनलाई नाटकको संज्ञा दिँदै ओलीले भन्नुभयो ।
एमाले अध्यक्ष ओलीले आफूहरु संसद पुर्नस्थापनाको पक्षमा भएको समेत बताउनुभयो । पछिल्लो पटक सार्वजनिक ओलीको अभिव्यक्तिप्रति कतिपयले भने आपत्ति जनाएका छन् । मुलुकलाई चुनावको बाटोतर्फ लैजाने माहोल बनाउनुको सट्टा उत्तेजक अभिव्यक्ति दिएको भन्दै ओलीको विरोध र आलोचना भएको हो ।