काठमाडौँमा आजबाट राहदानी आवेदन सेवा सुरु

आश्विन २९, २०८२ | काठमाडौं

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गरेको छ ।

कार्यालयले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन सुरु गरिएको जनाएको हो । अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरुले आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो । 


प्रतिक्रिया