अपदस्थ भएकाहरुबाट मुलुकको सुरक्षामा संकटः गृहमन्त्री अर्याल

आश्विन २९, २०८२ | काठमाडौं
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि विस्थापित र अपदस्थ भएकाहरुबाट मुलुकको सुरक्षामा संकट निम्त्याएको आरोप लगाउनुभएको छ ।
गृहमन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्याले सुरक्षाको विषयमा सरकारले निगरानी गरिरहेको र समस्या थप गर्नेहरुलाई पहिचान गरिसकेको बताउनुभयो ।
जेन–जी विद्रोह सुशासनका लागि भएकाले भ्रष्टाचारीहरु कानुनी दायरामा आउने मन्त्री अर्यालको भनाइ थियो । जेनजीका नाममा भएको गलत गतिविधिलाई समेत कानुनी दायरामा ल्याइने उहाँले बताउनुभयो ।
आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका कैदीलाई नियन्त्रणमा लिएर सुरक्षा व्यवस्था थप मजबुत बनाइने मन्त्री अर्यालले बताउनुभयो ।