कांग्रेस संस्थापन पक्षद्वारा विशेष महाधिवेशनका लागि ५३ प्रतिशत प्रतिनिधिको हस्ताक्षर

आश्विन २९, २०८२ | काठमाडौं

नेपाली कांग्रेसका संस्थापन इतर पक्षले विशेष महाधिवेशनका लागि संकलन गरिएको हस्ताक्षर पार्टीमा बुझाएको छ ।

५३ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित सो पक्षले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनका लागि निवेदन बुझाइएको नेता गुरुराज घिमिरेले जानकारी दिनुभयो ।

मंसिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा पार्टी पदाधिकारीबीच सहमति बन्न नसकेपछि इतर पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षरसहितको निवेदन दिएको हो । पार्टीको विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ ।

विशेष महाधिवेशनको हस्ताक्षर बुझेपनि कार्यवाहक सभापति खड्काले कुनै प्रतिक्रिया दिनुभएको छैन । विशेष महाधिवेशनको मागसँगै कंग्रेसभित्र आन्तरिक विवाद चर्किने देखिएको छ । संस्थापन इतर पक्षले अहिलेको विषम परिस्थितिमा तत्काल नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरेको छ भने संस्थापन पक्षले विशेष महाधिवेशनका कारण पार्टीमा समस्या ल्याउने दावी गर्दै आएको छ ।  


प्रतिक्रिया