नारायणी पुलमा बाटो बन्द हुने

रेडियो कान्तिपुर संवाददाता

मंसिर ४, २०८२

पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणी पुल दुई रात ६ घण्टा बन्द हुने भएको छ । कालो पत्रे गर्नु पर्ने भएकाले नवलपुर र चितवन जोड्ने नारायणी पुल राति बन्द गर्न लागिएको हो । सो खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा पाँच घण्टा सडक बन्द गर्न लागिएको नारायणघाट बुटवल सडक योजनाले जनाएको छ । भोलि र पर्सी राति ११ बजेदेखि बिहान ४ बजेसम्म सो खण्ड बन्द हुने छ । बन्द भएको सो समयमा पूर्वतर्फ आउने सवारीसाधन नवलपुरका विभिन्न स्थानमा र पश्चिम जाने सवारीसाधनलाई चितवनका विभिन्न स्थानमा रोकिने सडक कार्यालयका इन्जिनियर इश्वरबहादुर रिजालले जानकारी दिनुभयो । रातिको समयमा ६ घण्टा सडक बन्द हुने भएकाले तोकिएको ठाउँमा सवारीसाधन रोकेर पालो पर्खिन वा वैकल्पिक सडक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।


प्रतिक्रिया